भाद्र कृष्ण पञ्चमीका दिन बागमती स्नान हुँदै

 

साउन २२, काठमाडौं । काठमाडौं स्थित कागेश्वरी मनहरा नगरपालिका थली, वडा नं. ४ मा रहेको कोलमती, चौलमती तथा बागमती नदीको संगमस्थलमा एक दिने धार्मिक स्नान कार्यक्रम हुने भएको छ । 

चोलमती, कोलमती तथा बागमतीको संगमस्थलमा स्नान गरे कोटी गौदानको पुन्य मिल्ने स्कन्द पुराणको हिमवत खण्ड १२८ मा वर्णन भए अनुसार भाद्र कृष्ण पञ्चमीमा स्नान कार्यक्रम आयोजना गरिएको स्नान आयोजक समितिका संयोजक ध्रुव प्रसाद सिंखडाले बताए । 

null

‘चोलमती, कोलमती तथा बागमतीको संगमस्थलको आफ्नै विशेषता भएपनि प्रचारप्रसारको कमीले हिन्दुधर्मावलम्वीमा यसको महत्व पुग्न सकिरहेको छैन । भाद्र कृष्ण पञ्चमीका दिन यहाँ स्नान गर्नाले शिवको नौ धाम प्राप्त हुने विस्वास समेत छ ।’ संयोजक सिंखडाले बताए । 

कोलमतीमा स्नान गर्नाले मानिसको शारीरिक दुर्गन्ध मात्र नभएर आन्तरिक दुर्भावना, चिन्ता, डर त्रासबाट समेत मुक्ति पाइने विस्वास छ । संस्कृत ब्याकरण अनुसार कोलको अर्थ दौडाउनु, धपाउनु हो । आफ्ना भक्तहरुको शत्रुलाई हटाउने भएकोले भगवान शिवलाई यस स्थानमा कोलमतेश्वर भनिएको जनश्रुति रहेको छ । 

कोलमतेश्वर स्थलमा जगतजननी चिनादेवीको समेत मन्दीर रहेको छ । हाल कोलमतेश्वरमा नेपालको एक मात्र लक्ष्मी ह्याग्रीव मन्दिर समेत स्थापना गरीएको छ । लक्ष्मी ह्याग्रीव विष्णुको रुप हो । घोडाको जस्तो घाँटी, मानिसको जस्तो शरीर एवं लक्ष्मी एकै साथ रहेको विचित्रको स्वरुप नै लक्ष्मी ह्याग्रीव रहेको बताइएको छ । लक्ष्मी ह्याग्रीव स्वरुपको वर्णन श्रीमदभागवत २ स्कन्ध ७ अध्याय ११ श्लोकमा गरिएको छ । 

कोलमतेश्वर स्थित तीन नदीको संगम स्थलमा आयोजित धार्मिक स्नान गरी उक्त स्थानमा रहेका मन्दीरहरुको दर्शन गर्नाले मोक्ष प्राप्त हुने विस्वास छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *