सुष्मा स्वराजको त्यो अन्तिम ट्वीट ‘म जीवनमा यो दिन देख्न प्रतीक्षारत थिएँ ।’

 

साउन २२, काठमाडाैँ ।  मंगलबार राति हृदयाघातबाट निधन हुनुअघि भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजले गरेको ट्वीट अहिले चर्चित बनेको छ । 

भारतीय समयअनुसार राति ९ बजे स्वराजलाई उपचारका लागि अल इन्डिया इन्टिच्युट अफ मेडिसिन (एम्स) लगिएको थियो । उनले मंगलबार साँझ जम्मु-कश्मीरबारे गरेको ट्वीट उनको जीवनकै अन्तिम सार्वजनिक धारणा बन्यो । 

null

स्वराजले जम्मु कश्मीरलाई दिएको विशेषाधिकार खारेज गर्ने भारतीय संसद्को निर्णय र त्यसका लागि नेतृत्वकर्ता प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवाद दिएकी छन् । ‘प्रधानमन्त्रीजी ! तपाईंलाई हार्दिक अभिनन्दन, म मेरो जीवनमा यी दिन देख्नका लागि प्रतीक्षारत थिएँ ।’ 

ट्वीटको करिब सवा घन्टापछि अस्पताल पुर्याइएकी स्वराजको मृत्युको घोषणा मध्यरातभन्दा केहीबेर अगाडि मात्रै भयो । स्वराजको त्यो अन्तिम ट्वीटअघि पनि विभिन्न ट्वीटमार्फत् मोदी सरकार र भाजपाले कश्मीरका सन्दर्भमा लिएको निर्णयको उच्च प्रशंसा गरेकी थिइन् । 

उनको अन्तिम ट्वीटमाथि मृत्यु घोषणापछि पनि निरन्तर रिट्वीट, फेब र प्रतिक्रिया प्राप्त भइरहेको छ । समाचार तयार पार्दासम्म उनको ट्वीटलाई ५२ हजार ५ सय रिट्वीट, २ लाख १८ हजार ५ सय फेब र २४ हजार ८ सयले प्रतिक्रिया गरेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *