विप्लव कार्यकर्ता अस्पताल परिसरबाटै पक्राउ

२०७६ साउन २२ गते

साउन २१, धनगढी । धनगढी बम विस्फोटमा घाइते भएका एक विप्लव कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले मंगलबार धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते भएका लक्ष्मण सरेलालाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिएको हो ।
null
स्वास्थ्यमा केही सुधार आएपश्चात् घर फर्कन लागेका सरेलालाई प्रहरीले अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको हो ।
साउन २ गते धनगढीको शहीद गेट नजिक निलम होटलमा सिंहले बोकेको बम विस्फोट भएको थियो । विस्फोटमा अन्य ५ जना घाइते भएका थिए ।

२०७६ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित