जापान जाने कामदारको भाषा र सीप परीक्षा कात्तिकमा

साउन २८, काठमाडौँ । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कत्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । 

भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउनेछन् । 

यो समाचार कान्तिपुर दैनिकमा जापान जाने कामदारको परीक्षा टुंगो शीर्षकमा समाचार छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *