विद्युतीय गाडी खरिद प्रस्ताव अस्वीकृत, दशैंमा सञ्चालनमा ल्याउने तयारीमा पूर्णविराम

साउन ३१, काठमाडौँ । सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो। 

मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा लानुअघि टिप्पणी उठाउने क्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले सबै विद्युतीय बस एउटै प्रक्रियाबाट खरिद गर्ने गरी सिफारिस गर्न राय दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। 

साझालाई तीन सय विद्युतीय बस खरिद गर्न असार २९ गते मन्त्रिपरिषद्ले तीन अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार असार ३१ गते साझाको खातामा तीन अर्ब रुपैयाँ सरकारले जम्मा गरिसकेको छ। 

null

तर केही बस जीटूजीमार्फत र केही सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक बोलकबोलमार्फत खरिद गर्ने साझाको तयारी थियो। मुख्य सचिवको यो रायसँगै जीटूजीमा पाँचवटा विद्युतीय बस खरिद गर्ने साझाको तयारीमा पूर्णविराम लागेको छ। 

साझाका कार्यकारी निर्देशक भूषण तुलाधारले दसैंअघि विद्युतीय बस सञ्चालन गर्न भौतिक मन्त्रालयमार्फत जीटूजीबाट खरिद प्रक्रिया अघि बढाउन खोजिएको बताए। ‘सार्वजनिक खरिद ऐनअनुसार बस किन्दा दसैंमा सञ्चालन गर्न सम्भव हुँदैन’, तुलाधारले भने, ‘दसैंअघि बस सञ्चालन गर्ने योजनाअनुसार प्रस्ताव पेस गरिएको हो।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीका अनुसार विद्युतीय बस एउटै प्रक्रियाबाट खरिद गर्नुपर्छ। ‘विद्युतीय बस खरिदका लागि रकमसहित साझालाई जिम्मेवारी दिएको छ’, ज्ञवालीले भने, ‘जीटूजी वा खरिद ऐनअनुसार खरिद गर्ने साझाको अधिकार क्षत्रभित्र पर्छ।’यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *