खाना खाएर सुतेका पाण्डे कहिले उठेनन्

साउन २५, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको मृत्यु भएको छ । वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो । गएको साउन १९ गते आइतबार कोठामा सुतेको अवस्थामा मृत्यु भएको चापाकोट एकता समाज यूएईका अध्यक्ष युवराज घिमिरेले जानकारी दिए । पाण्डेको शव युएई सरकारको पहलमा प्रक्रियागत रुपमा नेपाल ल्याएर शुक्रबार कालीगण्डकीको खोरिया घाटमा अन्त्येष्टि गरिएको छ । घिमिरेका अनुसार पाण्डे शनिबार बेलुकाको खाना खाएर सुतेका र भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा मृत्यु भएको आशङ्का भएपछि कम्पनी र प्रहरीलाई खबर गरिएको थियो । 

हृदयाघातका कारण पाण्डेको मृत्यु भएको अस्पतालले जनाएको छ । पाण्डेका दुई नाबालकछोरा, एक छोरी र श्रीमती छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *