जबर्जस्ती करणीका घटना बढे, आफन्तबाट धैरै

 

साउन १७, काठमाडौं । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । 

आव २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए । 

null

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताए । 

कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्ती रूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउछन् । 

‘हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ’, उनी भन्छन् । 

सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेको उनको भनाई छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *