लडाकू समूहले गरेको आक्रमणमा १९ सैनिककाे मृत्यु

  

 

साउन १७, यमन ।  दक्षिण यमनमा रहेको एक सैन्य शिविरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । 

null

सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ । 

यस आक्रमणमा परी कम्तीमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो । मारिएका ती प्रहरीहरु प्राय नयाँ भएका जनाइएको छ । यस आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते भएका चिकित्सकहरुले बताएका थिए । 

आब्यान प्रान्तमा रहेको अल माहफिद शिवीरमा सशस्त्र रुपमा आएका बन्दुकधारीहरुले आक्रमण गरेका सुरक्षा अधिकारीहरुले एएफपी समाचार समितिलाई जनाएका छन् । यसरी आक्रमणमा परी १९ सैनिक मारिएका अन्य केही घाइते र यस घटनाको विस्तृत विवरण मृतकको सङ्ख्या दुई सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *