क्यानेडीयन नागरिक बालयौन दुराचारी ठहर, अदालतले सुनायो १६ वर्ष जेल

 

असार २६, काठमाडौं । क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई बाल यौन दुराचारमा जिल्ला अदालतले दोषी ठहर गर्दै १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । 

जिल्ला अदालत काभ्रेले दुई बालकमाथि भएको यौन दुराचारमा संलग्न युएनका पूर्व कर्मचारी ६० वर्षीय पिटरलाई १६ वर्षको जेल सजाय सुनाएको हो । 

null

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले २०७४ चैत २५ गते बाल यौन दुराचार गरेको अभियोगमा डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको थियो । 

गरीब तथा विपन्न परिवारका बालबालिकालाई पढाइ दिने प्रलोभन देखाउँदै लामो समयदेखि बालयौन दुराचार गर्दै आएका डालगिल्सले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली २ वर्षयता नेपालमा पटक–पटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेका डालगिल्सको साथबाट २ जना बालकको समेत उद्धार गरिएको थियो। 

डालगिल्स संयुक्त राष्ट्र संघमा पनि आबद्ध छन् । उनले सन् २०१० देखि २०१४ सम्म त्यहाँ काम गरेका थिए । डालगिल्सको हिमालयन कम्युनिटी फाउण्डेसनले शिक्षा र खानेपानीका क्षेत्रमा काम गर्दै आएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *