बाढी–पहिरोः मृत्यु हुनेको संख्या ११ पुग्यो, ८ जना बेपत्ता (नामसहित)

 

असार २७, काठमाडौं । बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । 

काठमाडौंको मनोहरामा एकै परिवारका ३ सदस्यको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । त्यस्तै बाढीमा परि ८ जना बेपत्ता भएका छन् । 

null

रामेछाप 

रामेछाप नगरपालिका– ५ करमटारकी ७२ वर्षीय पदमकुमारी सुनुवारको मृत्यु भएको हो । उनी घर नजिकै रहेको गोठमा गएको अबस्थामा ढुंगामाटोले बनेको १ तल्ले कच्चि गोठ भत्किन जाँदा घटनास्थलमै मृत्यु भएको हो । 

उनकी बुहारी ५० वर्षीया असुली सुनुवार घाइते भएकी छन्। पहिरोले सुनवार परिवारको दुई चौपाया समेत मरेका छन्। 

काठमाडौं 

काठमाडौंमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव को मृत्यु भएको हो । 

भोजपुर 

बाढी पहिरोमा परी भोजपुरमा दुई जनाको मृत्यु भएको छ । 

वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको मृत्यु भएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो। 

काभ्रे 

घरमाथि पहिरो खस्दा घर भत्किएर काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

घर भत्किएर एकै घरका हजुरआमा र नातिनीको मृत्यु भएको हो भने परिवारका अन्य सदस्य २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा ५० वर्षीय गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेका छन् । 

३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल घाइते भएका हुन् । 

पर्सा 

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । 

मकवानपुर 

उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । त्यस्तै सिन्धुलीमा पनि अर्का एक जनाको मृत्यु भएको छ । 

वर्षासँगै आएको बाढीले बगाएर मोरङमा एक, सुनसरीमा एक, महोतरीमा एक, पाँचथरमा एक, खोटाङमा ३ र काठमाडौंमा एक जना बेपत्ता भएका छन् । 

त्यसैगरी सिरहामा दुई, सर्लाहीमा एक, रौतहटमा पाँच, खोटाङमा एक, रामेछापमा एक, काभ्रेपलाञ्चोकमा दुई र ललितपुरमा एक जना घाइते भएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *