सुकुम्बासी परिवारद्धारा घरजग्गाको उचित ब्यवस्थापन गरिदिन माग

विराटनगर, २७ असार । विराटनगर १ पोखरीयास्थित परोपकार घाट छेउमा लामो समयदेखी बसोबास गर्दै आएका ७ सुकुम्बासी परिवारले आफुहरुलाई घरजग्गाको उचित ब्यवस्थापन गरिदिन माग गरेका छन् । विराटनगर महानगरपालिकाले परोपकार घाट छेउमा सडकको जग्गा अनाधिकृतिरुपमा अतिक्रमण गरि घर टहरा निर्माण गरेर बसेको भन्दै त्यहांबाट हटन असार २३ गते ७ दिने सुचना जारी गरेपछि उनिहरुले आफुहरुलाई अन्यत्र जग्गा उपलब्ध गराइदिन माग गरेका छन । 

परोपकार घाट जाने मोडको सडक छेउमा घर टहरा निर्माण गरेर बस्दै आएका सातै परिवारले विहिबार नेपाल पत्रकार महासंघ मोरंङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि त्यस्तो माग राखेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै स्थानीय सुकुम्बासी ६५ बर्षिय हसिना खातुनले बर्षातको मौसममा घरटहरा हटाउने पत्र आएपछि आफुहरु समस्यामा परेको बताइत् । उनले त्यस ठाउँमा आफुहरु ४० बर्ष अघिदेखि घरटहरा बनाएर बस्दै आएको बताउदै विकल्प दिएर मात्र आफुहरुलाई अन्यत्र सार्न माग गरिन् ।सोहि ठाउका युवा हुसैन शेखले परोपकार घाट वरिपरि ८० सुकुम्बासी परिवारको बसोबास रहेपनि ७ परिवारलाई मात्र विस्थापित गर्न खोजिएको आरोप लगाए । सुकुम्बासी समस्या समाधान आयोगबाट समेत आफुहरुले सुकुम्बासीको परिचयपत्र प्राप्त गरेको जानकारी दिँदै हुसैनले अन्यत्र जग्गा उपलब्ध गराइदिए आफुहरु सो ठाउँबाट घर हटाउन तयार रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *