२५ वर्षपछि प्राविधिक एसएलसी अर्थात् टीएसएलसी खारेज

काठमाडौं, १४ साउन । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक एसएलसी (टीएसएलसी) कार्यक्रम सञ्चालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ । यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ । 

परिषद्ले शैक्षिक सत्र वर्ष २०७६/७७ का लागि अन्तिम पटक भर्ना खोलेको जनाएको खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले चिकित्सा शिक्षा आयोगको बैठकले भर्ना खोल्न स्वीकृत दिएलगत्तै अन्तिम पटकका लागि भर्ना खोलेको दाबी गरे ।तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन-२०७५ को परिच्छेद ५ को आशयपत्र, सम्बन्धन तथा प्रत्यायनको दफा १५ को उपदफा ४ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्रतह भन्दा मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रम संचालन गर्ने छैन भन्ने विषय उल्लेख भएकाले परिषदले टीएसएलसीको अन्तिम भर्ना खोलेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *