लगातारको वर्षाले कोशी व्यारेजमा पानीको बहाव बढयो, २२ ढोका खुल्ला

सुनसरी, २७ असार । देशभरी नै लगातार ३ दिनदेखी भारी बर्षा भएकै कारण सप्तकोशी नदीको वहाव बढेर खतराको अवस्थामा पुगेको छ । कोशी व्यारेजमा आज विहान ६ बजे गरिएको पानी मापन अनुसार १ लाख ७४ हजार ७ सय २० क्याुसेक पानी मापन भएको छ ।हिजो राती ७ बजे १ लाख ६४ हजार क्युसेक पानीको दवाव रहेको थियो । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढि रहेको छ । सशस्त्र प्रहरी वल भण्टावारकिा इन्स्पेक्टर सुरेन्द्र भण्डारीका अनुसार एक लाख ५० हजार क्युसेकभन्दा माथि पानीको बहाव पुगे पछि कोशी ब्यारेज स्थित कन्ट्रोल रुमले रातो बत्ती बालेर झण्डा राख्ने गरेको छ । 

हाल कोशी ब्यारेजमा ५५ वटा ढोका मध्ये २२ वटा ढोका खोलिएको छ । त्यस्तै ढोका नखोल्दा बाँध भत्किएर नेपाललाई खतरा हुने गरेको छ भने ढोका खोल्दा भारतको विहार जनमग्न हुने गरेकाले दुबै देशमाथी खतराको संकेत नै देखिन्छ ।  उता शुक्रबार आज पनि अविरल बर्षाको कारण मोरङको पथरीशनिश्चरे र कानेपोखरी क्षेत्र पनि केही भाग डुबानमा परेको छ ।अविरल वर्षाकै कारण मोरङको कानेपोखरी गाउपालिका क्षेत्रमा खोलाले बगाएर एकजना व्यक्ति बेपता भएका छन् । कानेपोखरी गाउँपालिका र रंगेली नगरपालिकालाई छुट्याउने सिमानामा  पर्नै गेउरिया खोला तर्ने क्रममा २५ बर्षको युवालाई विहिबार साझ बगाएको हो । बगाएको व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । विहिबार खोलामा खोजी कार्य गरिए पनि नभेटिएको र आज शुक्रबार पनि खोज्ने काम भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डि ए पी लक्ष्मीनाथ अधिकारीले जानकारी दिनुभयो । यसैबीच देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ ।कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ । लामो समय यसरी नै निरन्तर बर्ष भईरहने भएकले नदि आसपास लगायतका बासिन्दाहरुलाई सर्तक रहन मोषमबिदहरुको सुझाव पनि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *