सुडान घोटाला प्रकरणः पूर्वआईजीपी ठकुरीद्वारा सर्वोच्चमा आत्मसमर्पण


असार १९, काठमाडौं । बहुचर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भइ विगत २ वर्षदेखि फरार रहेका प्रहरी पूर्व महानिरीक्षक (आइजी) रमेशचन्द ठकुरीले आत्मसमर्पण गरेका छन् ।
आइजी ठकुरीले आज (बिहीबार) सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका हुन् । चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको थियो।
null
प्रहरीको सुडान मिसन घोटाला प्रकरणमा सर्वोच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजीं) दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो ।
सर्वोच्च अदालतले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना, चन्दलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना , पूर्वएआइजी श्यामसिंह थापा र दीपकसिंह थाङ्देङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। उनीहरु अहिले डिल्लीबजार कारागारमा छन् ।
सुडान मिसनमा करिब ४३ करोड रुपैयाँ बराबरको एपिसीलगायत सामान खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानमा खुलेको थियो।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको वन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदाललते प्रमाणित गरेको थियो ।
अख्तियारले ३६ जनाविरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतले तीन पूर्वआइजिपी र ठेकदारलाई मात्र दोषी ठहर गरेको थियो। सर्वोच्चले थप तीन तत्कालीन प्रहरी अधिकारीलाई समेत दोषी ठहर गरेको थियो।
सर्वोच्चले विशेष अदालतमा मुद्दा दायर भएको चार वर्षपछि अन्तिम फैसला गरेको थियो ।
