निरिहलाई कालोसूचीमा, कामै नगर्ने ठेकेदार पुरस्कृत

 

असार २२, काठमाडौं । आजभोलि त्यस्ता निर्माणसम्बद्ध ठेकेदार भेट्न मुस्किल पर्छ, जो समयमै आयोजना सम्पन्न गर्छन् । 

खासगरी, सडक र पुलका आयोजना समयमै पुरा हुँदैनन् । निर्माणमा लापरवाही गर्ने ती निर्माण कम्पनी भने न कालो सूचीमा पर्छन् न ठेक्का नै खोसिन्छन् । राजनीतिको सहारा लिएका ठेकेदार कम्पनी वा विषेशगरी सत्ताको नेतृत्व दल निकटका निर्माण कम्पनीहरुले आयोजना पाइरहन्छन्, तर समयमै काम गर्दैनन् । 

null

तर वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सनले भने सडक तथा पुल निर्माणका धेरै आयोजनाहरु समयमै निर्माण सम्पन्न गरेको पाइएको छ । केही आयोजना समयमै सम्पन्न गर्न नसक्दा कालोसूचीमा परेको सो कम्पनीले यसै आर्थिक वर्षमा ७ किलोमिटर भन्दा बढी पुल निर्माण गरेको पाइएको छ । 

डिजायनिङ र केही खोलामा आएको समस्याका कारण केही आयोजनाहरु अघि बढ्न नसकेपनि थुप्रै आयोजना समयमै सम्पन्न गरेको उसलाई कालोसूचीमा राखिएको छ । पप्पुलाई कालोसूचीमा राखिएपनि उसले भन्दा कैयौँ गुणा बदमासी गर्ने तथा गुणस्तरहिन काम गर्ने अरु कम्पनीले भने उन्मुक्ति पाउँदै आएका छन् । 

समयमा काम सम्पन्न नगर्नेमा विषेशगरी ठुला राजनीतिक दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तथा नेपाली कांग्रेसकै कतिपय नेताहरु ठेकेदार रहेका कम्पनी छन् । 

कामै नगरी भूक्तानी लिने र गरिएका आयोजनामा समेत गुणस्तर कायम नगर्ने कम्पनीका रुपमा आलोचित बन्दै आएको नेकपा तथा कांग्रेका नेता, सांसद आबद्ध कम्पनीहरु धेरै छन् । ती कन्स्ट्रक्सन कम्पनीलाई भने कसैले छुन सकेको छैन । उनीहरुको कामप्रति न सडक विभागका अधिकारीहरु सन्तुष्ट छन्, न उपभोक्ताहरु नै । 

सडकका ठूला आयोजनामा लगातार प्राविधिक गल्ति गरेर पनि उन्मुक्ति पाइरहेको नेकपा र काग्रेस निकट कम्पनीविरुद्ध सडक विभागका अधिकारी सीधा बोल्न पनि सक्दैनन् । तर राजनीतिक पहुँच कम भएका तथा अरु साना दलसँग निकट रहेका कम्पनीलाई मात्र दोष देखाएर कारवाही गर्दै सरकारी अधिकारीहरु आफुले काम गरे जस्तै गरी भ्रम छर्दैछन् । 

यसप्रति सरकारी अधिकारीहरु नै असन्तुष्ट छन् । ‘ठुला राजनीतिक शक्तिको छायाँमा धेरै कन्स्ट्रक्सनले आफ्नो कामलाई लापरवाही ढंगले अगाडि बढाएका दर्जनौं उदाहरण छन् । उनीहरुले जिम्मा लिएका अधिकांश आयोजना अलपत्र र विवादित छन्,’ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘तर उनीहरुलाई उन्मुक्ति दिने र काम गरेजस्तो देखाउन साना दल निकट र राजनीतिक पहँुच नहुनेलाई मात्रै कारवाही गरेर आफ्नो जिम्मेवारी पुरा गरेजस्तो दोखाउने काम भएको छ ।’ 

समाजवादी पार्टीका सांसद हरिनारायण रौनियार आवद्ध रहेको पप्पु कन्स्ट्रक्सन पनि विवादमुक्त भने छैन । हरिनारायणले प्रतिनिधिसभा निर्वाचनमा उमेद्धवारी दिनुअघि छोरा सुमितलाई कम्पनी जिम्मा लगाएका थिए । 

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा सो कम्पनीले अहिले भ्रष्ट्राचार मुद्धा खेपिरहेको छ । 

केही आयोजना निर्माणमा बदमासी गरेको देखिएको पप्पु कन्ट्रक्सनले धेरै आयोजना भने समयमै सम्पन्न गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण प्रगति बढ्न नसकेका केही पुलका आयोजना बाहेक अरुमा पप्पुले राम्रोे प्रगति गरिहेको मन्त्रालयका अधिकारीहरुको दावी छ । सो कम्पनीले यसै आर्थिक बर्षमा मात्र ७ किलोमिटर भन्दा बढी पुल निर्माण गरेको पुल महाशाखाको तथ्याङकमा उल्लेख छ । 

पप्पु कन्ट्रक्सनले हालसालै देशभर ५० भन्दा बढी पुल निर्माण सम्पन्न गरेको पुल महाशाखाले जनाएको छ । काठमाडौंमा मात्रै दर्जनौँ स्थानमा पुल बनेका छन् । कलंकी सुनारगाँउमा खसीबजारमा पुल, सुन्दरीघाटमा किर्तीपुर र ललितपुर जोड्ने बाग्मती नदीको पुल रहेका छन् । 

यस्तै कान्ती लोकपथ अन्तरगत बगुवामा बाग्मती नदी पुल, विष्णुमती खोलामा डल्लु पुल, टेकु र कालिमाटी जोड्ने टेकु पुल हालै निर्माण सम्पन्न भएका पुल हुन् । यस्तै तीनकुनेमा बाग्मती पुल निर्माणाधिन अवस्थामा छ । केही विवादका कारण सो पुलको निर्माणमा ढिलाई भएको जनाइएको छ । 

यस्तै महोत्तरीको जलेश्वरमा राप्ती नदीपुल, कन्तव नदी पुल, सर्लाहीमा झिम नदी पुल, वारामा तेरनदी पुल हालै निर्माण सम्पन्न भएका पुल हुन् । यस्तै, रौतहट कटरियामा लालबकीया नदी पुल, पर्सामा धुताहा नदी पुल, पर्साकै सिर्सया नदीमा ४ वटा पुल निर्माण भएको छ । यस्तै गाध नदी पुल, सिक्टा नदी पुल, धुताहा नदी पुल पनि पप्पुले यसै आर्थिक बर्षमा निर्माण सम्पन्न गरेको आयोजना हो । 

यस्तै पर्साकै भेडाहा नदीमा लालपर्सा १ र मिलनचोक गरी २ वटा पुल, सिक्टा नदी पुल, ढोहगी नदी पुल, नरायाणीको नरहमा पुल, भलुवही नदीमा पुल बनाएको छ । पप्पुले नै नौरगीहा नदी पुल, तिलावे नदी पुल, मर्लहीवा नदी पुल, एक्टंगा नदी पुल पनि हालसालै बनाएको हो । यस्तै बाराको जितपुरमा नारापुर पुल, बर्दियामा बबई पुल यही आर्थिक बर्षमा पप्पुले बनाएको आयोजना हो । 

धेरै ठाँउमा आयोजनाहरु समयमै निर्माण सम्पन्न गरेको सो कम्पनीले केही ठाउँमा भने समयमै काम गर्न सकेको छैन । डिजायनिङ र केही खोलामा आएको समस्याका कारण केही आयोजनाहरु अघि बढ्न नसकेको पप्पुको स्किारोक्ति छ । 

त्यसबाहेक ढीलासुस्ती र आलटाल गर्ने प्रवृत्ति सरकारी संययन्त्रका कारण काममा ढिलाई भएको सो कम्पनीको आरोप छ । तीव्र गतिमा निर्माण भईरहेका संरचना र निर्माणसम्पन्न भईसकेका संरचनाका रकम भुक्तानीको लागी धेरै समय कुराउने तथा केही झन्झटिला प्रक्रियाकै कारण ढिलासुस्ती हुने गरेको कन्ट्रक्सनका निर्देशक सुुमित रौनियार बताउँछन् । 

‘सरकारी निकायबाट समयमा बजेट नपाउनु लगायतका कारणले केही पुलहरुको निर्माण अलमलिएको हो, तर कन्ट्रक्सनको कारणले काम नभएको भन्दै प्रचार भएको छ, यस्तो आधारहिन तरिकाबाट भएको प्रचारप्रति दुःखी छौं,’ कन्ट्रक्सनका निर्देशक सुमीत रौनियार भन्छन् । 

सरकारी ढिलसुस्ती तथा लापरवही, भुक्तानी दिन आलटालकै कारण पप्पुले काम सकेपनि ४० करोड रुपैयाँ भन्दा बढी भुक्तानी पाउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *