रुपन्देहीमा गोली हानेर ४ लाख लुटियो

 

असार १७, बुटवल । रुपन्देहीमा गोली प्रहार गरी ४ लाख लुटिएको छ । 

गैडहवा गाउँपालिका वडा नम्बर ४ की रेशम कुमारी मल्लको ४ लाख लुटिएको हो । 

null

कुमारीले लुम्बिनीस्थित कृषिविकास बैंकबाट पैसा निकालेकी थिइन् । 

पैसा निकालेर अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी उनी चढेको इरिक्सामा गोली चलाएर मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले उनको पैसा लुटेको प्रहरीले जनाएको छ । 

मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *