सिनामंगलमा दुई माइक्रोबस ठोक्कियो : १६ जना घाइते

काठमाडौं, १७ असार । काठमाडौँको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी वृत गौशालाले जनाएको छ । 

 

मंगलबार बिहान करिब ५ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोमा विपिरित दिशाबाट आउँदै गरेको बा १ झ ९७७६ नम्बरको अर्को माइक्रो ठक्कर खाँदा दुर्घटना भएको हो । घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । 

null

घाइते सबैको काठमाडौँ मेडिकल कलेज केएमसी सिनामंगलमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *