सुन तस्करी प्रकरणः न्यायाधीश सिंह बर्खास्त, २ जनाकाे बढुवा रोक्का

 

असार १७, काठमाडौं । साढे ३३ किलो सुन प्रकरण र तथा सनम शाक्य हत्या प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन् । 

न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई पदमुक्त गर्ने निर्णय गरेको हो । 

null

असार ४ गतेको परिषद बैठकले कारबाही प्रक्रिया अघि बढाउन तीन न्यायाधीशलाई थप स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि परिषद्ले प्राप्त प्रमाणका आधारमा सिंहलाई सेवाबाट हटाउने निर्णय गरेको हो। 

यस्तै, बैठकले उच्च अदालत विराटनगरकै न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गर्ने निर्णय पनि गरेको छ । कार्यसम्पादन प्रक्रिया चित्तबुझ्दो नभएको भन्दै दुई वर्षसम्मका लागि उनीहरुको बढुवा रोक्का गरिएको प्रवक्ता मानबहादुर कार्कीले बताए । 

यसअघि न्यायपरिषद्ले मुख्य न्यायाधीशहरु कुलरत्न भुर्तेल, साराङ्गा सुवेदी र जनक पाण्डेसहित ५ जनालाई सामान्य ध्यानआकर्षण गराएर सफाइ दिएको थियो । 

यस्तै काजमा राखेर छानबिन गरिएका अन्य दुई न्यायाधीश नगेन्द्र लाभ कर्ण र उमेश राज पौड्यालको छानबिन प्रक्रिया तामेलीमा राख्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *