खैरहनीमा उद्योग सञ्चालनको वातावरण छ– मेयर चौधरी


साउन १, चितवन । खैरहनी नगरपालिका भित्र उद्योग संचालनको उपयुक्त वातावरण रहेको मेयर लालमणी चौधरीले बताएका छन् ।
खैरहनी ८ वैरहनीमा स्थापना गरिएको कैलाशपति एग्रो इन्डष्ट्रिज प्रालिको उद्घाटन गर्दै मेयर चौधरीले नगरभित्र उद्योग स्थापना हुने क्रम वढ्दै गएको उल्लेख गर्दै खैरहनी उपयुक्त वातावरण रहेकाले लगानी बढाउन आग्रह गरे ।
null
उद्योगका लागि चाहिने बाटो, खानेपानी, बिजुलीको व्यवस्था नगरपालिकाले गर्ने मेयर चौधरीको भनाई थियो । मेयर चौधरीले कृषिले मात्रै मुलुकको विकास नहुने भएकाले हरेक नगरपालिकामा उद्योग सञ्चालन हुनु पर्ने औँल्याए । खैरहनी नगरपालिकाले पनि कृषिसँग सम्बन्धित उद्योगलाई वढि प्राथमिकता दिने गरेको मेयर चौधरीले बताए ।
वैरहनीमा निर्माण गरिएको उद्योगमा २३ करोडको लगानी रहेको उद्योगका संचालक केशव वाग्लेले जानकारी दिए ।
२४ कठ्ठा क्षेत्रफल रहेको सो उद्योगले दैनिक २४० टन दाना उत्पादन गर्ने उनले बताए । उद्योगका प्रमुख सञ्चालक केशव वाग्लेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कडेंल, नेपाल ह्याचरी महासंघका अध्यक्ष टिका पोखरेल,पशुपंक्षी डाक्टर अनन्त दाहाल लगायतले मन्तव्य दिएका थिए ।
