इमरान खानसँग मोदीले आँख जुधाउन सकेनन्

 

असार २, नयाँ दिल्ली । अखबार दुनियाँका अनुसार संघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुन किर्गिस्तानको राजधानी विश्केक पुगेका इमरान खानले एक टिभी च्यानलमा अन्तवार्ता दिँदै भारतसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताएका थिए । 

उनले भनेका छन्, ‘पाकिस्तान भारतसँग दोस्ती चाहन्छ । हामी भारतसँग सम्बन्ध सुमधुर बनाउनका लागि रुसको मध्यस्थता पनि स्वीकार गर्न तयार छौँ । हामी क्षेत्रमा शान्ति चाहन्छौँ । लडाईंबाट कसैलाई फाइदा छैन । भारत–पाकिस्तान सम्बन्ध काश्मिरका कारण बिग्रिएको हो । यसलाई छलफलबाट हल गर्न सकिन्छ ।’ 

null

तर पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीको राय प्रधानमन्त्रीको भन्दा अलि फरक छ । 

एक नवा–ए–वक्त पत्रिकाका अनुसार पाकिस्तानी विदेश मन्त्रीको भनाइ थियो कि एससीओ बैठकको समयमा इमरान खान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्कासँग हात मिलाएका थिए । र केही समय यी दुईबीच कुराकानी पनि भएको थियो । 

कुरैशीले भनेका थिए, ‘मोदीसँग भेट पहिले नै तय भएको थिएन । भारत अझै पनि आफ्नो चुनावी नतिजाको दबाबबाट आजाद भइसकेको छैन । कुराकानीको फैसला भारतले गर्नुपर्छ ।’ 

उनले अघि भने, ‘कुराकानीका लागि न कुनै हतार छ, न केही डर छ । मैँले मोदी कतै हराए जस्तो उदास देखेँ । यस्तो लागिरहेको थियो कि मोदी हाम्रो प्रधानमन्त्री इमरान खानसँग आँखा जुधाउन सकिरहेका थिएनन् ।’ 

पाकिस्तानमा महंगी नियन्त्रणका लागि गरिएका सबै कोशिसहरु विफल भइरहेका छन् । सुन चाँदी बाहेक दैनिक उपभोग्य सामानहरुको मूल्य पनि आकाशिदो छ । 

पाकिस्तानी रुपैयाँ पनि लगातार कमजोर हुँदै गइरहेको छ । पेट्रोल, ग्यास र बिजुलीको मूल्य पनि देनिक बढीरहेको छ । 

सरकारले हरेक दिन छिट्टै नै यसलाई नियन्त्रणमा लिने बताइरहेको छ । प्रधानमन्त्री इमरान खानले आफ्ना मन्त्रीहरु र पार्टीका वरिष्ठ नेतासँग एकसाथ गरिएको बैठक पश्चात् पाकिस्तानको अर्थव्यवस्था अब ट्रयाकमा आएको दाबी गरेका छन् । 

अखबार जंगका अनुसार इमरान खानले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘पाकिस्तानको अर्थव्यवस्था स्थिर भइसकेको छ । कठिन बाटो थियो जुन तय गरिसकिएको छ । अब पाकिस्तानी अर्थव्यवस्था टेक अफ गर्ने समय आइसकेको छ । 

अखबार एक्सप्रेसका अनुसार जमात ए इस्लामीका प्रमुख सिराज उल हकले महंगी, बेरोजगारी, आईएमएफ र विश्व बैंकको कथित गुलामीविरुद्ध उनको संगठनले पुरा पाकिस्तानमा आन्दोलन शुरु गर्ने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *