बीरगञ्जबाट ८ हुण्डी कारोबारी पक्राउ

 

असार १०, पर्सा । बिरगञ्जमा भारतीय २ नागरिक सहित ८ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । 

वीरगञ्ज महानगरपालिका–६ माइस्थान चोकको के.पी. स्वर्णकला केन्द्रसँगै रहेको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाकारी दिएको छ । सँगैको कोठाबाट उनीहरु पक्राउ परेपछी हाल प्रहरीले अनुसन्धानको लगि उक्त सुन पसल समेत शिल गरेको छ । 

null

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १० का चन्दन कुमार सर्राफ, ६ का राकेश कुमार सिंह, पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ का राजकपुर साह, विन्दवासिनी गाउँपालिका–२ का सुजित कुमार साह, रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का बिनोद सुनार, बारा परवानीपर गाउँपालिका–१ का घनश्याम सर्राफ, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने सुनिल कुमार प्रसाद र विहार मोतिहार जिल्ला नैनपुर बस्ने गुलाब साह रहेको प्रहरीले जनाएको छ । 

रु. ४१ लाख नगद सहित पक्राउ परेको उनीहरुलाई हिरासतमा राखी अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *