यी अंगहरु ठुला हुने महिला हुन्छन् अतिनै भाग्यमानी

काठमाडौं, ७ असार । प्राचिन पुर्विय दर्शनमध्य सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ । साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ । हिन्दू शास्त्र अनुसार महिलाहरु लाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो । 

 

कुनै घरमा महिलाहरु लाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ । ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो गर्छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ । आज हामी तपाईहरुलाई कुन कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदैछौँ । 

null

१. घाँटीः शास्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन । यी महिलाहरुलाई समाजमा निकै मान प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ । 

२. कानः शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने गर्छन । 

३. कपालः ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन । 

४. हातः शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ । 

५. खुट्टाः ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने रजीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् । 

६. नाईटोः ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *