अमेरिकाको पशुपतिनाथ मन्दिरमा भागवत महापुराण


जेठ २३, काठमाडौं । अमेरिकाको टेक्ससस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा भागवत सप्ताह महापुराण चलिरहेको छ ।
त्यहाँ अवस्थित नेपालीहरुको पहल तथा पृथ्वीनारायण शाह स्मृति तथा साँस्कृतिक प्रतिष्ठान, टेक्सासको आयोजनामा जुन २ देखि भागवत सप्ताह सुरु भएको हो ।
null
सप्ताहमा जुन ३ देखि जुन ९ सम्म कथा वाचन हुनेछ भने ७ जुन अर्थात् भोलि व्रतबन्धका कार्यक्रमहरु हुने जानकारी दिइएको छ ।
यस अवधिमा आफ्ना छोरा नातिको व्रतबन्धको कार्यक्रम राख्न इच्छुक परिवारले आयोजकसँग समन्वय गरेर कर्म गराउन अवसर खुला गरिएको छ । व्रतबन्धमा सहभागी हुन चाहनेले एक बटुकको ५ सय डलर तिनुपर्ने आयोजकले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
महापुराणको धार्मिक कर्ममा आवश्यक शुल्क र दान दक्षिणा दिएर कर्ता, सहायक कर्ता बन्न सक्ने पनि जानकारी दिइएको छ ।
खर्च कटाएर जोगिएको सङ्कलित सहयोग डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी) लाई प्रदान गरिने महापुराण आयोजक समिति सदस्य विनोद कुमार तिवारीले जानकारी दिए ।
एनसीएससीले प्रवासी नेपालीहरूमा रहेको धर्म ,संस्कार, संस्कृति प्रतिको लगाव, भावना आस्थालाई एक ठाउँमा ल्याउन काम गरिरहेको छ ।
