विभाग नै रित्तिने गरी भ्रष्टाचार, १३ जनामाथि मुद्दा

काठमाडौं, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ । उनीहरु माथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आवश्यक पर्ने प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए । 

अख्तियार द्धारा विशेष अदालतमा मुद्दा चलाइएकाहरूमा महानिर्देशक कर्णसहित विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागीरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, र तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे छन् । यसैगरि मुद्धा दायर गरिएका अन्यमा वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल रहेका छन् । त्यस्तै, प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रवीण कुँवरलाई समेत आरोपी बनाई मुद्दा दर्ता गरिएको छ । 

 

null

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि आयोगले विस्तृत अनुसन्धान गरेको थियो । मोबाइल भ्यानहरू कार्यालयमा दाखिला नगरी भुक्तानी गरिएको र त्यसक्रममा भ्रष्टाचार गरिएको आयोगको निष्कर्ष छ । 

अख्तियारका अनुसार कृषि अनुसन्धानको क्रममा प्रयोग हुने ‘वेल इक्विपमेन्ट ल्याबोरोटरी मोबाइल भ्यान’ खरिद गर्दा नियम कानुनलाई आफू अनुकूल प्रयोग गरी कमिसन खाई भ्यान कार्यालयमा प्राप्त भएको भन्दै प्रगति देखाएर रकम भुक्तानी गरेको पाइएको छ । प्रयोगशाला भ्यान खरिदमा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि आयोगले विस्तृतमा छानबिन सुरु गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएका चार थान ‘वेल इक्विपमेन्ट ल्याबोरोटरी मोबाइल भ्यान’ प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादी, काठमाडौंले आपूर्ति गरेको थियो । 

अनुसन्धानको क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र विभागको नाममा कायम भएका भ्यान र सोको विभिन्न पार्ट्सअन्तर्गतका सरसमान, उपकरण तथा रसायनसमेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसनअनुसार नभेटिएको अख्तियारले जनाएको छ । यस सम्बन्धमा चेकजाँच गरी गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेतलाई नदेख्ने गरी सप्लायर्ससँगको मिलेमतोमा गैरकानुनी लाभ लिएको पाइएको छ । 

अख्तियार अनुसार सरकारलाई नोक्सानी पु¥याई विभागको नाममा दुई थान प्रयोगशाला मोबाइल भ्यानको भुक्तानी दिएको भेटिएको छ । दुईपटकमा जम्मा १२ करोड ४० लाख ४७ हजार ५५८ हिनामिना गरेको आयोगको ठहर छ । विभागका महानिर्देशक कर्णलाई १२ करोड ४० लाख ४७ हजार ५५८ भ्रष्टाचार गरेको अभियोगमा त्यति नै रकम बराबरको बिगो माग दाबी गरिएको छ । 

त्यस्तै, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती १२ करोड ४० लाख ४७ हजार ५५८, लेखापाल रविता श्रेष्ठ १२ करोड ४० लाख ४७ हजार ५५८, नायब सुब्बा गुरुदत्त गौतम १२ करोड ४० लाख ४७ हजार ५५८, शाखा अधिकृत भागीरथ आचार्य ४ करोड १३ लाख ४९ हजार १८६, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई, खुमलटारस्थित लेखाका उपसचिव गणेशप्रसाद चालिसेलाई १२ करोड ४० लाख ४७ हजार ५५८, बिगो माग दाबी गरिएको अयोगले जनाएको छ । 

त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई, खुमलटारका लेखापाल बालाराम पोखरेललाई १२ करोड ४० लाख ४७ हजार ५५८, इकाईकै खुमलटारका तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरेलाई ८ करोड २६ लाख ९८ हजार ३७२, सोही कार्यालयकै वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारीलाई ८ करोड २६ लाख ९८ हजार ३७२, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईंलाई ८ करोड २६ लाख ९८ हजार ३७२, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेललाई ४ करोड १३ लाख ४९ हजार १८६, वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेललाई ४ करोड १३ लाख ४९ हजार १८६ रुपैयाँ माग दाबी गरिएको बताइएको छ । 

त्यस्तै, अख्तियारले भ्यान सप्लाई गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका आधिकारिक प्रतिनिधि प्रवीण कुँवरलाई २४ करोड ८० लाख ९५ हजार ११६ बिगो माग दाबी गरेको छ । अभियुक्त सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गर्न अख्तियारले विशेष अदालतसमक्ष माग दाबी पेस गरेको छ । आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *