यी हुन मुटु रोगका लक्षण

 

जेठ १५ । आजभोली मुटुका रोगीको संख्या दिनानु बढ्दै गई रहेको छ । यो रोगबाट धेरै मानिस ग्रसित छन । दैनिकी जसो मुटुरोगका कारण धेरै व्यक्तिहरुको मृत्यु भईरहेको हामी सुन्न पाउँछौँ । यो रोग जो कोहीलाई नि लाग्न सक्छ । यस रोगले बालक, बृद्ध, जवान केही भन्दैन् । याे राेग हामीले धेरै चिल्लाे,पिराे,तारेकाे खाना अत्याधिक सेवनले पनी हुने गर्दछ ।  

मुटुरोग हाम्रो जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्यूटर, टेलिभिजन, अत्याधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन मुटुरोगका कारण हुन् । 

null

हामीले हाम्रो स्वास्थ्य तथा खानपानमा ध्यान नदिंदा यो रोग लाग्ने हुन्छ । यो रोग लाग्दा धेरै लक्षणहरु देखा पर्ने हुन्छ । यी तल भनिएका लक्षणहरु देखिएमा मुटु रोग भएको हुन सक्छ । 

– यदि तपाईलाई बोल्दा अप्ठेरो महशुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ । 

– यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ । 

– छाति दुख्ने, ढक्क फुुल्ने वा भारी हुने (छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । 

– नियमित रूपमा वाक–वाक लाग्नु पनि हृदय रोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाक्वाक् लाग्ने, निकै थकाई तथा कमजोरी महशुस हुने र तनाव महशुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् । 

– यदि तपाईको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरी सिथिल हुन्छ भने सचेत हुनुहोस् । यसो हुनु भनेको मुटु रोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ । 

– यदि शरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने यो मुटु रोगको लक्षण हुनसक्छ । 

– गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वाभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बेलामा पनि पसिना तरतरी आउँछ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *