यी ८ अंगमा कोठी भएका व्यक्तिसँग कहिले टिक्दैन पैसा

एजेन्सी । शरीरका अलग अलग भागमा आउने कोठीको फरक फरक अर्थ हुन्छ । ज्योतिष शास्त्रका अनुसार शरीरका केही यस्ता भागमा कोठीआएमा पैसा नटिक्ने विश्वास छ । थाहा पाउनुस् शरीरका यी ८ अंगमा कोठी आएमा पैसा नटिक्ने सम्भावना बढी रहन्छ । 

 

बायाँ गालामा कोठी बायाँ गालामा कोठी भएका व्यक्तिको आम्दानीको स्रोत थुप्रै हुने गर्छ । यस्ता व्यक्तिसँग पैसाको कमी नहुने तर पैसा बचत गर्न नसक्ने कारण आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ । यस्ता व्यक्तिमा कमाएको पैसा सबै खर्च गर्ने बानी हुन्छ । 

null

चोर औंलामा कोठी चोर औंलामा कोठी भएका व्यक्तिले आफ्नो जीवनको लामो समयसम्म पैसा अभाव झेल्नुपर्ने हुन्छ । 

ओठमुनि कोठी ओठमुनि कोठी भएका व्यक्तिले पैसा कमाउन हरप्रयास गरिएपनि आर्थिक समस्याबाट छुटकारा मिल्न गाह्रो हुन्छ । 

बायाँ हत्केलामा कोठी बायाँ हत्केलामा कोठी आएका व्यक्ति अत्याधिक खर्चालु हुने गर्छन् । बायाँ हत्केलाको कोठी भनेकै खर्चालुको संकेत हो । 

बायाँ खुट्टामा कोठी बायाँ खुट्टामा कोठी भएका व्यक्ति आफूले कति खर्च गर्छु भनेर ठम्याउन नसक्ने हुन्छ । पैसाको हिसाब नराख्ने कारण धेरैले यस्ता व्यक्तिलाई ठग्ने सम्भावना रहन्छ । 

बायाँ कोखामा कोठी बायाँ कोखामा कोठी भएका व्यक्तिको जीवनमा विरामीको कारण पैसा धेरै खर्च हुने सम्भावना रहन्छ । उपचारमा बढी खर्च गरिरहनुपर्ने हुँदा यस्ता व्यक्तिमा पैसाको अभाव रहन्छ । 

बायाँ आइब्रोमाथि कोठी बायाँ आइब्रोको माथि कोठी आएका व्यक्ति धेरै विलासी जीवन मनपराउने हुन्छ । आफ्नो लक्जरी लाइफका कारण यस्ता व्यक्तिले पैसा जोगाउन मुश्किल पर्छ । 

हत्केलामा कोठी हत्केलामा गुरु पर्वतको ठाउँमा कोठी हुने कारण जीवनमा पैसा अभाव हुने विश्वास छ । विवाहपछि पनि आर्थिक समस्याको झेल्नुपर्ने बाध्यता आइपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *