‘प्रहरी हुँ’ भन्दै सर्वसाधारणलाई ठग्ने पक्राउ

२६ बैशाख बीरगञ्ज । बीरगञ्जमा प्रहरी हुँ भन्दै ठगी गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन मध्ये दुई पूर्व प्रहरी र एक पूर्वसशस्त्र प्रहरी भएको खुलेको छ । 

 

उनीहरुले सादा पोशाकको प्रहरी हुँ भन्दै सर्वसाधरणलाई ठग्दै गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साकाले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १४ पिपरा बस्ने ३७ वर्षीय ज्ञानबहादुर साह, कलैया उपमहानगरपालिका ६ बस्ने २६ वर्षीय मुकेश सर्राफ र फेटा गाउँपालिका ७ कुकुरभुका २६ वर्षीय रवी शंकरप्रसाद यादव रहेका छन् । 

null

उनीहरुलाई बुधबार दिउँसो वीरगञ्ज महानगरपालिकाको ईनर्वा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय आसपासबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताएका छन् । 

पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *