आज बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अवसरहरू गुम्न सक्छन् ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवार संग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निरासा र शरीरमा आलस्य आउला । गरेका कार्यमा बाधा आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रेमी तथा आफन्तको सहयोग प्राप्त हुनेछ ।वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा शत्रु क्षयपनि होलान् ।मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला । लाभदायक यात्रा हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *