प्रधानमन्त्री ओली झापामा हुने कार्यक्रम स्थगित गरी बारा र पर्सा जाँदै

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो प्रमुख आतिथ्यमा झापामा हुने तीनवटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने भएका छन् । गएराति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका थिए । 

 

झापामा रहेका प्रधानमन्त्री ओली बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट बारा र पर्सातर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् । केहीबेर अघि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बारा र पर्सामा घाइते भएका ६१२ जनामध्ये ३४३ जना उपचारपछि घर फर्किएको जनाएका छन् । 

null

उनले तत्काल राहतका लागि सामग्रीसहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको जानकारी दिँदै घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *