कांग्रेस भ्रष्ट र बेइमानः नरेन्द्र मोदी

 

चैत २० ईटानगर । प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार अरुणाञ्चल प्रदेशमा चुनाव प्रचार गर्न पुगे । त्यहाँ पुगेर उनले आफू हरेक चुनौतिको सामना गर्न सक्ने व्यक्ति भएको दाबी गरे । 

उनले भने, ‘तपाईंहरुको मजबुत विश्वासको नतिजा हो यो । आज अरुणाञ्चलमा शिक्षा र स्वास्थ्यका लागि अनेक संस्थाहरु बनेका छन् । स्वतन्त्रताको ७ दशकपछि अरुणाचलका सबै गाउँसम्म बिजुली पुगेको छ । हरेक घर उज्यालो छ । अर्कोतर्फ त्यो दल छ, जसले कहिल्यै देशको आशा–आकांक्षालाई सम्झिएन । जसले देशमाथि राज गर्ने नियतले सत्तामा कब्जा जमायो । जबकी तपाईंहरुको यो चौकीदार, सेवक जसरी काम गरिरहेको छ ।’ 

null

यो पटक सांस्कृतिक विरासत, परम्परा, तपाईंहरुको गौरवको रक्षा गर्नेवाला र परम्पराको मजाक उडाउने, अपमान गर्नेवालाबीच चुनाव हुन लागेको जानकारी गराउँदै उनले भने, ‘प्रतिज्ञा गरेर दशकौं सम्म आलटाल गरेर बस्ने हाम्रो पार्टी होइन । हामी तपाईंहरुको जीवनलाई सरल र सहज बनाउनका लागि इमान्दापूर्वक काम गर्छौँ । कांग्रेस जस्तै उनीहरुको घोषण पत्र पनि भ्रष्ट र बेइमान छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *