९ औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता धनगढीमा हुने

 

बैशाख २, धनगढी ।  ९ औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता धनगढीमा हुने भएको छ। राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले जेठ ९ देखि ११ गतेसम्म ९ औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता धनगढीमा आयोजना गर्ने भएको छ। 

सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले प्रतियोगिताबारे जानकारी दिएको छ। संघका महासचिव तथा प्रतियोगिता संयोजक प्रकाश चन्दले ९ औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगितामा नेपालसहित ६ देशका खेलाडी सहभागि हुने बताए। 

null

उनका अनुसार प्रतियोगितामा सातवटै प्रदेश, स्कुल, कलेज, डोजो, विभागीय टिमका साथै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका गरि १ हजार बढी महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन्। प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए। 

कुल ४१ लाख ९१ हजार बजेट रहेको प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउँनेछन्। जुन नेपालको इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशी समेत रहेको संघले जनाएको छ। 

राष्ट्रवादी विकासशील अभियान मुख्य प्रायोजक 

९ औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता प्रतियोगितालाई राष्ट्रवादी विकासशील अभियान नेपालले मुख्य प्रायोजन गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक र राष्ट्रवादी विकासशील अभियान नेपाल सम्झौता पत्रमा हस्ताक्षर समेत भयो। 

सम्झौता पत्रमा विकासशील अभियानका अध्यक्ष कमलबहादुर श्रेष्ठ र संघका केन्द्रीय अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गरे। सम्झौता अनुसार विकासशीलले नगद ८ लाख सहित प्रतियोगितालाई अन्य भौतिक सहयोग प्रदान गर्नेछ। 

कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले व्यक्तिगत रुपमा आ–आफ्नो तर्फबाट मेडल तथा अवार्डका लागि भन्दै १५ हजार नगद सहयोग गरेका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *