लेखाप्रणाली कमजोर देखियो

चैत्र ३०, सुखड कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको लेखाप्रणाली कमजोर रहेको पाइएको छ । उक्त कुरा आर्थिक वर्ष २०७४/२०७५ महा-लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।नगरपालिकाले आन्तरिक नियन्त्रण सम्बन्धी निर्देशिका तयार नगरेको, वार्षिक खरिद योजना तयार नगरेको तथा व्यक्तिगत जिन्सी खाता नराखेको पाईएको छ । 

महा-लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा घोडाघोडी नगरपालिकाले व्यक्तिगत जिन्सी खाता नराखेको, भ्रमण अभिलेख नराखेको, गाडीहरुको मर्मत सम्भारको विवरण नराखेको तथा नगर सभाबाट सार्वजनिक लेखा समिति गठन गरी आयव्ययको हिसाब परीक्षण समेत नगरेको उल्लेख छ । 

कार्यालयलाई प्रभावकारी, नियमित र दक्षतापूर्ण ढंगबाट सम्पादन गरी उत्तम नजिता प्राप्त गर्न तत्काल आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउन नगरपालिकालाई महा-लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनले भनेको छ । 

null

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ९२ मा कार्यालयले विनियोजन, राजस्व धरौटी, जिन्सी र अन्य आन्दानी खर्चको लेखा महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत ढांचामा राख्नु पर्ने व्यवस्था भए पनि नगरपालिकाले सो बमोजिमको लेखा नराखेको महा-लेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक कार्यविधि निमावली, २०६४ को नियम २५ मा कार्यालयलाई प्राप्त अख्तियारी र कार्यक्रममा उल्लेखित कार्य सम्पन्न गरी सो को प्रगति प्रतिबेदन तालुक निकायमा पठाउनु पर्ने व्यवस्था छ । तर घोडाघोडी नगरपालिकाले बिभिन्न बजेट उपशिर्षकहरुमा गरेको कामको प्रगति सभाबाट पारित बजेट कार्यान्वयन गर्दा हासिल गरेको प्रगति विवरण तयार नगरेको महालेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *