सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

काठमाडौं, २२ चैत्र । सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ । रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ । समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ । 

 

यसअघि सेवा प्रदायकले ८ सय र १८ सय ब्यान्ड फ्रिक्वेन्सीमार्फत सीडीएम सेवा प्रदान गर्दै आएका थिए । त्यसमध्ये १८ सय ब्यान्डबाट उपलब्ध सीडीएमए सेवा पूर्ण रूपमा बन्द भइसकेको छ । यसैबीच गत माघ २९ गते रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैंठकले टेलिकमलाई ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी थप गरिदिएको थियो । तर, अहिले प्रयोगमा रहेको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने सर्तमा यो उपलब्ध गराएको हो । 

null

टेलिकमले देशभर थ्रीजी र फोरजी सेवा विस्तार गरेसँगै सीडीएमए सेवा बन्द गर्ने भनिएको छ । सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता लिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको थियो । 

टेलिकमका साथै यसअघि यो मेगाहर्जमा सीडीएम सेवा युनाइटेड टेलिकम लिमिटेड यूटीएलले पनि उपलब्ध गराउँदै आएको थियो । कम्पनी नै धरासायी अवस्थामा रहेको यूटीएलको कुनै पनि सेवा सञ्चालनमा नरहेकाले त्यसको सेवा बन्द भइसकेको छ ।a 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *