वीर अस्पतालको गेटमै बिरामीको ७२ घण्टा, न गाँस न चिकित्सकको साथ

काठमाडौं, २६ चैत्र । सरकारको समायोजन प्रक्रियाले आफूहरूको वृद्धि विकासमा गम्भीर असर परेको भन्दै त्यसविरुद्ध चिकित्सकहरूले आन्दोलन जारी राख्दा दैनिक हजारौं बिरामी मारमा पर्दै आएका छन् । देशभरका झन्डै १ हजार ४ सय सरकारी चिकित्सकहरू आन्दोलनमा छन् । 

चिकित्सकहरूले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन् । अत्यावश्यकीय सेवामा बन्द हडताल गर्न नपाउने नियमलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि कमजोर आर्थिक अवस्था भएका बिरामी बढी मारमा परेका छन् । 

 

null

उनीहरूसँग निजी अस्पतालमा उपचार गराउने हैसियत छैन । त्यसैले रोग पालेरै सरकारी अस्पतालको ओपीडी सेवाबाटै उपचार पाउने प्रतीक्षामा छन् । सोमबार मुलुककै सबैभन्दा जेठो अस्पताल वीरमा पुग्दा अस्पतालको गेटमा आर्थिक अवस्था कमजोर रहेका बिरामीहरू ७२ घण्टादेखि चिकित्सकको प्रतीक्षामा थिए । 

यस्तै, अवस्था अन्य सरकारी अस्पतालमा पनि देखिन्थ्यो । बिरामीहरू चित्कार गरिरहेका थिए । तर, चिकित्सकहरू भने बिरामीलाई उपचार गर्नुपर्ने दायित्व बिर्सिएर सडकमा उत्रिएका थिए । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *