आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफ पुरुष क्रिकेट फाइनलमा

बैशाख १०, नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको कोहलपुरमा जारी पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लव फाईनलमा प्रवेश गरेको छ । 

 

आज सम्पन्न खेलमा प्रदेश–१ लाई सशस्त्र प्रहरीको एपीएफ क्लवले आठ विकेटले हराउँदै गर्दै फाईनमा प्रवेश गर्न सफल भएको हो । 

null

प्रदेश– १ ले टस जितेर पहिले व्याटिङ गरेता पनी १६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ४९ रन बनाएको थियो । प्रदेश–१ का मिनास थापा र सन्नी पुनको सर्वाधिक १४ र१४ रन जोडियो । 

सस्तैमा प्रदेश–१ लाई समेट्ने क्रममा एपीएफका शरद भेषवाकरले ४ र वसन्त रेग्मीले ३ विकेट लगाएका थिए । जवाफी व्याटिङमा ५० रनको लक्ष्य पछ्याएर मैदानमा उत्रेका एपीएफले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा ग‍रेका थिए । एपीएफका शंकर रानाको २३ र प्रदीप ऐरीले १७ रन जोडिएको थियो । 

दिपेश कँडेल र पुष्प थापाले प्रदेश–१ का लागि एकरएक विकेट लिएका थिए भने एपीएफको तर्फबाट शरद भेषवाकर म्यान अफ दि म्याच घोषित भएका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *