भिनाजुसँगको अनैतिक सम्बन्धका कारण श्रीमान्को हत्या

 

चैत्र १९ । बुटवलको मैनाबगरमा हत्या भएका भारतीय नागरिक फिरोज खानको हत्यामा उनका श्रीमती साइना खातुनलाई पक्राउ गरिएको छ । मृतकका श्रीमतीले आफ्नो भेना कादिर अन्सारीको सहायतामा श्रीमान्को हत्या गरेको खुल्न आएको छ । 

भिनाजु अन्सारी र  ३० वर्षिय खातुनबीच बिगत केही वर्षदेखी अनैतिक सम्बन्ध भएको खुल्न आएको छ । हत्यामा संलग्न अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका नागरिक हुन् । हाल अन्सारी खानको हत्या गरी  भारततिर फारार भएका छन् । 

null

खानको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानी हत्या भएकाे थियाे । हत्या हुँदा मृतककी श्रीमती खातुन छोराहरुसँगै कोठाभित्र थिइन् । छोराहरुले बाहिर के को आवाज हाे हेर्न जाऔं भनेर निस्कन खोज्दा खातुनले बाहिर जान नदिएको प्रहरीसंग बताएपछि शंकाको घेरामा खातुन परेकी थिईन् र उनीमाथी अनुसन्धान सुरू गरिएकाे  थियाे ।  

प्रहरीले खातुनलाई अन्सारीसँगकाे मोबाइल कल डिटेलको आधारमा पक्राउ गरेका हुन् । खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुल्न आएको छ । हाल फरार रहेका अन्सारीलाई भारतीय सुरक्षा निकायसंग समन्वय गरि पक्रने डीएसपी मल्लले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *