तस्करी गरेको अवस्थामा काठका गोलिया बरामद

 

चैत्र २९, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १० स्थित पथरैया सामुदायिक वन क्षेत्र बाट काठ तस्कर गरेर लैजादै गरेको अवस्थामा सालका ५ वटा गोलिया नियन्त्रणमा लिइएको छ । उक्त काठको गोलिया सोहि सामुदायिक वनका पदाधिकारीको गस्तीको क्रममा बरामद गरिएको हो । 

बिहिबार राती देखि वनको गस्तीमा हिँडेको सामुदायिक वनका पदाधिकारीले शुक्रबार बिहान २ः३० बजे काँचो हरीयो सालको रुख काटी गोलिया बनाई साईकलमा लोड गरि ल्याउँदै गर्दा फेला पारेका हुन् । काठ तस्कर गस्ती टोलीलाई देखेपछि साइकल समेत छाडेर फरार भएको पथरैया सामुदायिक वनका अध्यक्ष भद्र बिष्टले बताए । 

null

अध्यक्ष बिष्टका अनुसार वडा नं ८ को उत्तरतर्फ सेखु, पश्चिम तर्फ तुलसिया खोला पुर्व पथरैया नदी र दक्षिण चौर रहेको क्षेत्रमा गस्ती टोली र तस्करहरुको भेट भएको थियो । तस्करहरुले हतियार (खुकुरी) टोली माथि प्रहार गर्दै फरार भएका थिए । 

बरामद गरिएको काठको परिमाण १९ दशमलब १३ क्युफिट रहेको पथरैया समुदायिक वनका कार्यालय सचिव रामस्वरुप चौधरीले बताए । चौधरीले ५ सालका गोलिया सहित, गोलिया बोक्नकै लागि बनाइएको ५ बटा साइकल, रेति १ थान, खुकुरी १ थान, बन्चरो १ थान र रेन्च १ थान बरामद गरिएको बताए । गोलिया अहिले सामुदायिक वनको हातामा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *