यी दुई चलचित्रबाट दिपक–दिपाले लगानी विनै ५० प्रतिशत नाफा लिने

 

बैशाख ३, काठमाडौं । छक्का पञ्जाबाट नेपाली चलचित्रमा स्टारडम कमाएका हास्य कलाकार तथा निर्देशक दिपक राज गिरी र दिपाश्री निरौलाले विना लगानी ५० प्रतिशत नाफा लिने शर्तमा दुई चलचित्रसँग सहकार्य गरेका छन् । 

छक्का पञ्जा सिरिजबाट दर्शकको मन जितेका दिपक र दिपाले रोहित अधिकारीको लगानीमा बन्न लागेको चलचित्र ‘छ माया छपक्कै’ मा विना लगानी ५० प्रतिशत नाफा लिने शर्तमा सहकार्य गरेका हुन् । 

null

रोहितको सोलो लगानी हुने र चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्ने भएका छन् । दिपक–दिपासँगै जितु नेपाल, केदार घिमिरे पनि फाइनल भइसकेको निर्माण टिमले जानकारी दिएको छ । 

त्यस्तै सिमोस सुनवारको निर्माण निर्देशनमा बन्ने अर्को चलचित्रमा पनि दिपक–दिपाले ५० प्रतिशत नाफा लिने गरी सहमति गरेका छन् । 

चलचित्रको नाम फाइनल भइसकेको छैन । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखिरहेका छन् । तिहारपछि चलचित्रको छायांकन सुरु हुने निर्माण टिमले बतायो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *