कैलालीका एसपीले भारतीय रुपैँया सहित पक्राउ परेका व्यक्तिलाई १३ लाख असुल्दै छोडेको आरोप

 

चैत्र १७, कैलाली । कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिना अहिले चर्चामा छन् । उनले कैलाली प्रमुख भएर आएपछि गुण्डाराजको अन्त्य गर्ने भन्दै लोकप्रियता कमाउन खोजे । सुरक्षा रणनीतिको नाममा सर्वसाधारणमाथि ज्यादती गरेको आरोप पनि लाग्दै आएको छ । तर, कैलालीका प्रमुख प्रहरी उपरिक्षकको नयाँ तथ्य बाहिरिएको छ । 

बैतडीमा भारतीय रुपैँया सहित पक्राउ परेका व्यक्तिलाई कैलाली प्रहरीले १३ लाख असुल्दै छोडेको आरोप लागेको छ । बैतडीमा भारतीय रुपैया चोरेर भागेका एक नेपाली केहि दिन अगाडी मात्रै पक्राउ परेका थिए । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ बर्षीय निरजबहादुर चन्दलाई बैतडीस्थित घरबाट प्रहरीले पक्राउ गरेको थियो । 

null

तर, चन्दलाई कैलाली प्रहरीले ७ दिन अगाडी कैलालीको अत्तरियाबाट नै पक्राउ गरेको थियो । महेन्द्रनगरबाट सुचना प्राप्त भएपछि कैलाली प्रहरीले चन्दलाई अत्तरियाबाट पक्राउ गरेको थियो । पक्राउ परेका चन्दलाई तीन दिन सम्म हिरासतमा राख्दै नक्कली अभिभावक बनाएर छोडिएको चन्दका आफन्तले बताएका छन् । आफन्तका अनुसार कैलाली प्रहरीले चन्दका आफन्तलाई भने जानकारी समेत गरेको थिएन । चन्दलाई छोड्दा जिल्ला प्रहरी कार्यालय कैलालीका लेखापालले चन्दसँग २३ लाख ३८ हजार रुपैया भएको रसिद दिएका थिए । तर, ९ लाख मात्रै नगद दिएको बुझिएको छ । पछि भारतस्थित नेपाली दुतावासले पत्राचार गरेपछि चन्दलाई बैतडीबाट पक्राउ गरिएको थियो । 

 

बैतडी प्रहरीका अनुसार चन्दबाट अहिले सम्म साढे ६ लाख मात्रै बरामद गरिएको छ भने बाँकी रकम कैलालीमा भएको भनेपछि कैलाली पठाईएको छ । चन्द कैलाली आएपछि अहिले प्रहरी अधिकारीहरु घटना मिलाउनमा सक्रिय भएका छन् । 

चन्दका एक जना आफन्तका अनुसार प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरिक्षक लगायतले अहिले उक्त १३ लाख रकम आफुसँग भएको भन्दै आएका छन् । तर, कैलाली प्रहरी प्रमुख तिम्सिनाले भने चन्दलाई रोशन सिंहको जिम्मा लगाईएको र बाँकी रकम पनि सिंहसँग नै भएको बताए । उनले कैलाली प्रहरीले सबै रकम सहित चन्दलाई छोडिएको केहि दिन अगाडी छोडेको दावी गरे । तर, चन्दका आफन्तले भने सिंहसँग कुनै चिनजान समेत नरहेको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *