गुल्मी जिप दुर्घटना अपडेट : पूर्व सांसद् सहित थप दुईको मृत्यु

 

चैत्र २८, काठमाडौँ । गुल्मी जिप दुर्घटना हुँदा ३ को मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१ नेटा, दर्लिङबाट बुटवल आउँदै गरेको लु १ ज १९५७ नम्बर । जिप दुर्घटना हुँदा पूर्व सांसद् रुद्र भण्डारी सहित ८ जना घाईते भएका थिए ।  

घाईते मध्ये ७२ वर्षीय पूर्व सांसद् भण्डारी सहित थप दुईको मृत्यु भएको छ । थप मृत्यु हुने दुईमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा र ८ वर्षीय ओश्कर विक रहेका छन् । 

null

दुर्घटनामा घाईते भएकाहरुलाई जिल्ला अस्पताल गुल्मी र वामी टक्सारमा उपचारका लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *