रामायणको गोप्य कथाः रामका कारण भएकाे थियाे लक्ष्मणको मृत्यु

बैशाख १७ । कहिल्यै सोच्नुभएको छ, पृथ्वीमा आफ्नो उदेश्य पुरा गरिसकेपछि कसरी भगवानहरूले नश्वर अवतार (मानव अवतार)बाट मुक्त हुन्छन् भनेर ? यसैबाट जान्न सकिन्छ कि, हरेक मानवजातीको आफ्नै उदेश्य हुन्छ अनि त्यो उदेश्य सफल भएपछि मात्रै कर्तव्यको बोझबाट हाम्रो आत्माले छुट्कारा पाउँछ अनि यो संसारबाट मुक्ति पाइन्छ। 

 

कहिले काही जानेर वा नजानेर, हामीले एक-अर्कालाई यो मानवसंसारबाट मुक्त गराउन मद्दत गरिरहेका हुन्छौँ। भनेको एक-अर्काको उदेश्य हासिल गर्न मद्दत गरिरहेका हुन्छौँ। भगवान रामले जस्तै! उनले पनि आफ्ना प्यारा भाई ‘लक्ष्मण’लाई यो संसारबाट मुक्त हुन मद्दत गरेका थिए। 

null

हामी सबैलाई रामायणको बारेमा राम्रो ज्ञान छ, तर धेरैलाई यो थाहा छैन कि त्यो युगको अन्त्य कसरी भयो? वाल्मिकीको ‘रामायण’लाई सबैभन्दा पवित्र अनि यथार्थ धर्मग्रन्थको रूपमा मानिन्छ, तर भगवान रामकी पत्नी सीता धर्तीमा पलायन भएपछि रामायणको कथामा के भयो भन्ने धेरैलाई थाहा नहुन सक्छ। 

वाल्मिकीको ‘रामायण’मा यस्ता गोप्य कथा प्रसङ्गहरू थुप्रै छन्, जस्तै; ‘उत्तरा काण्ड’। यो काण्ड अझसम्म कुनै पनि टिभी सिरियलमा देखाएको छैन। यस काण्डमा कसरी रामको कारण लक्ष्मणको मृत्यु भयो भनेर बयान गरिएको छ। 

लव-कुश अयोध्या फर्किएजब रामकी धर्मपत्नी सीताले यो सांसारिक दुनियाबाट मुक्ति पाइन्, तब रामले आफ्ना दुई छोरा- लव र कुशलाई अयोध्या ल्याए। सीताले जस्तै उनले पनि आफू विष्णुको नश्वर अवतार हुनुको उदेश्य पुरा भएको महशुस गरे। त्यसैले उनले पनि आफ्नो नश्वर जीवनको अन्त्य गर्ने निर्णय गरे। 

रामले हनुमानलाई पातालमा जान आदेश दिएतर, उनलाई थाहा थियो कि चौबिसै घण्टा पहरेदार बस्ने हनुमान र लक्ष्मण हुँदाहुँदै यो सम्भव थिएन। त्यसैले एक दिन, उनले साधु दुर्वसालाई भेट्न निमन्त्रणा गरे तर भेटको उदेश्य कसैलाई पनि नभन्न आग्रह गरे। त्यसपछि, उनले आफूलाई सीताले दिएको औँठीलाई सानो प्वाल मार्फत पातालमा खसाली दिए। र हनुमानलाई त्यो औँठी लिएर आउन आदेश दिए। 

रामको पहरेदार लक्ष्मणश्रीरामको आज्ञाको पालन गरेर, हनुमान सुक्ष्म आकारको बनी औँठी लिन उक्त प्वालबाट पातालतर्फ लागे। यसैबीच, रामले मृत्युदेव ‘यम’लाई पनि भेट्न निमन्त्रणा गरेका थिए। यमसँग गोप्य कुरा गरिरहेको बेला रामले लक्ष्मणलाई द्वारपाले बस्न आदेश दिए। साथै, रामले लक्ष्मणलाई अर्को भयानक आदेश पनि दिएका थिए- यदि भित्र कोहि आयो अथवा गोप्य भेटलाई भङ्ग गर्यो भने लक्ष्मणलाई रामले नै मार्नुपर्ने। 

दुर्वसा र रामको भेटत्यसपछि, रामको निमन्त्रणा अनुसार साधु दर्वसा पनि दरबारमा आइपुगे, जहाँ लक्ष्मण पहरेदार बसिरहेका थिए। लक्ष्मणलाई थाहा थिएन कि रामले दुर्वसालाई बोलाएका छन् भनेर। सारा अवस्थाको बारेमा अज्ञात लक्ष्मणले साधु दुर्वसालाई भित्र नजान आग्रह गरे किनभने भित्र श्रीराम र यमको कुराकानी भैरहेको थियो। यस्तो व्यवहारले साधु दर्वसा अति क्रोधित भए र लक्ष्मण लगायत सारा अयोध्यालाई श्राप दिने धम्की देखाए, किनभने रामले उनलाई भेटको उदेश्य गोप्य राख्न आदेश दिएका थिए। 

दुर्वसाको श्रापको डर मानेर लक्ष्मण भित्र पसे र रामलाई दुर्वसा आइपुगेको खबर दिए। त्यसपछि रामले दुर्वसालाई भित्र पठाउन लक्ष्मणलाई आदेश दिए। साथै, उनले लक्ष्मणलाई आफ्नो पूर्वआदेशको बारेमा पनि सम्झाए। 

लक्ष्मणको मृत्युआफ्नै भाईलाई मारेको भनेर श्रीरामलाई सँधैभरी दोष लाग्ने डरले, लक्ष्मण आफ्नी पत्नी उर्मिला कहाँ आउँछन् र सारा स्थितीको बेलिबिस्तार लगाएर आफ्नो प्राण लिने निर्णय गर्छन्। 

त्यसपछि लक्ष्मणले ‘सारायु’ नदीमा डुबेर आफ्नो प्राण लिन्छन्। यो सहन नसकी, रामले दुर्वसासँग मद्दत माग्छन्। तर दुर्वसाले रामलाई लक्ष्मणको जन्मको उदेश्य पुरा भैसकेको बताउँदै रामले पनि लक्ष्मणकै पथमा हिँड्नुपर्ने बताउँछन्। 

राम, भरत र शत्रुघन सारायु नदीमा डुबेसोहि दिन, रामले आफ्ना दुई छोरा लव-कुशलाई अयोध्याको राजा बनाई आशिर्वाद दिइ आफ्ना दुई भाई भरत र शत्रुघतका साथ सारायु नदीमा जान्छन्। यसरी श्रीराम र लक्ष्मणले आफ्नो नश्वर अवतारबाट मुक्ति पाएका थिए। एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *