शत्रुघन सिन्हा मोदीको दल भाजपा त्याग्दै काँग्रेसमा प्रवेश

एजेन्सी । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी चर्चित कलाकार शत्रुघन सिन्हाले त्याग गरेका छन् । शनिबार पार्टी त्याग गर्दै उनी विपक्षी दल काँग्रेसमा प्रवेश गरेका हुन् । 

 

करिब ३० वर्षसम्म सिन्हा भाजपा सदस्य थिए । सिन्हा पटनाका सांसद समेत हुन् । तर, यसपटकको लोकसभा चुनावमा पार्टीले उनलाई सांसदको टिकट दिएन । उनको स्थानमा नेता रविशंकर प्रसादलाई उठाइएको छ । सांसदको टिकट नपाएका सिन्हाले पार्टी त्यागेका हुन् । 

null

सिन्हाले भने, ‘मैले भारी मनले भाजपा त्यागेको हो । पार्टीसँग यसबारे सल्लाह गरिन । पार्टीले मलाई विरोधी र दुश्मन सम्झियो ।’ 

उनले भारतीय जनता पार्टी तानाशाही बनेको समेत आरोप लगाए । उनले पछिल्लो समय आफूले काँग्रेसलाई सही पार्टीको रुपमा लिएको बताएका छन् । उनी काँग्रेसमा आफू खुशी भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *