मोटरसाइकल चोर पक्राउ

चैत्र १३, बेदकाेट ।  बेदकोट नगरपालिका– ३ का राकेश चन्दको म २ प ५३०९ नं को मोटरसाइकल घरबाट चोरी गरेर लादै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा राखिएको मोटरसाइकल हिँडाएर लादै गरेको अवस्थामा विकास दास र जीवन खातीलाई रङ्गे हात पक्राउ गरी हिरासतमा राखिएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । दुवै जनामाथि चोरी उद्योग अन्तर्गत मुद्दा चलाइने बताइएको छ ।  

यसैबीच, शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको श्रीकृष्ण बहुमुखी क्याम्पसमै गएर छात्रछात्रालाई अश्लिल गालीगलौच गर्ने राजेन्द्र तिरुवालाई समेत प्रहरीले आज पक्राउ गरेको छ । यही चैत ८ गते क्याम्पसमा तिरुवाले अश्लिल रुपमा गालीगलौच गरेका थिए । क्याम्पस प्रशासनले प्रहरीलाई यसबारे जानकारी दिएपछि तिरुवा फरार रहदैँ आएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *