प्राइम बैंकद्वारा क्याम्पसमा डेक्स बेन्च सहयोग

फागुन १९, काठमाडौं । प्राइम कमर्सियल बैंक लि. ले एक विद्यालयलाई डेक्स बेन्च सहयोग गरेको छ । हिजो शनिबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई डेक्स बेन्च हसतान्तरण गरेको हो । 

बैंकले क्याम्पसमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने हेतुले ६० वटा डेक्स बेन्च निर्माण गरेर हस्तान्तरण गरेको थियो । उक्त डेक्स बेन्च नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक कार्यक्रमका विच क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका थिए । 

साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्तरक्रिया समेत गराएका थिए । उक्त समारोहमा संघीय संसदका सदस्य श्रीमती शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *