काश्मिरी पृथकतावादी तीन लडाकूहरु मारिए

फागुन २७, ट्राल, जम्मु काश्मिर । सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् । घटना स्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । 

आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् । गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारबाहीमा एक जना लडाकू हन्दवारामा मारिएका थिए । राज्य प्रहरीका अनुसार मारिएका उक्त व्यक्ति पाकिस्तानी नागरिक रहेका र प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदसँग आबद्ध रहेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *