यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि विप्लवसँग सम्बन्धित विषयले नै आज पहिलो प्राथमिकता पाएको छ । सरकारको प्रतिबन्धपछि उसले सञ्चालन गरिरहेको हिंसात्मक गतिविधि र प्रचण्डले गरेको दाबीलाई पत्रिकाहरुले विभिन्न शीर्षकमा उतारेका छन् । त्यस्तै, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा देखिएको जटिलता, स्वास्थ्य क्षेत्रको अनियमिततालगायत विषय पनि आजका पत्रपत्रिकाहरूको हेडलाइन बनेको छ । 

 

सरकारले निकै तामझामका साथ सामाजिक सुरक्षा कार्यात्रम घोषणा गरे पनि रोजगारदाता कार्यान्वयन गर्न हिच्किचाएको कान्तिपुरले लेखेको छ । मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो । तर असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून देखिएको समाचारमा उल्लेख छ । 

null

 

प्रचण्डले विप्लवले आफूलाई मार्न लागेको भनेर गरेको दाबीदेखि बोइङ ७३७ म्याक्स विमान ग्राउण्डेड भएकासम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा समेटिएका छन् । 

 

नागरिकका अनुसार, विप्लवको मुख्य माग नै संसदीय व्यवस्था परिवर्तन छ । त्यसकै लागि उसले केही वर्षदेखि संघर्ष गर्दै आएको छ । यद्यपि, यो समूहसँग वार्ताको वातावरण बन्न सकिरहेको छैन । सरकारी वार्ता टोली स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुको कुनै औचित्य नदेखेको विप्लव समूहको दाबी छ । तर, सरकारको भने अलग्गै दाबी छ । वार्ताको वातावरण बनाए पनि विप्लव समूहले धोका दिएको सरकार पक्षको भनाइ छ । 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *