सार्वजनिक ‘साँइली’ को ट्रेलर यस्तो छ

 

फागुन १९, काठमाडौँ । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा बनाईएको फिल्म ‘साँइली’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त ट्रेलरमा प्रेम, मित्रता, दुख र विदेशिनुको बाध्यतालाई प्रस्तुत गरिएको छ । 

रामबाबु गुरुङको कथा तथा निर्देशन बनेको उक्त फिल्मको ३ मिनेट भन्दा लामो ट्रेलरमा केहि नौलोपन भने पाईन्दैन । फिल्ममा मुख्य कलाकारमा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, माओत्से गुरुङ लगायतको अभिनय हेर्न पाईनेछ । 

null

विशाल गुरुङ र मोहनराना मगरेको लगानी रहेको उक्त फिल्ममा विजय अवाले, विकास पोजास, शुभेच्छा केसी फिल्मका सह–निर्माता हुन भने कार्यकारी निर्माता मणिराम पोखरेल रहेका छन् । ‘साँइली’ को प्रदर्शन मिति भने आगामी चैत्र १५ गते तोकिएको छ । 

 ट्रेलर हेर्नुहाेस् 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *