कर्मचारी अभावमा सेवा लिन सास्ती

 

चैत्र १२ सुखड । कैलालीको टिकापुरमा रहेको मालपोत कार्यालयबाट सेवा लिन सेवाग्राहीलाई सास्ती हुनेगरेको पाइएको छ । कार्यालयका विभिन्न फाटहरु अन्तर्गत विशेष गरि कम्प्युटर फाटमा बढी सास्ती खेप्नु परेको सेवाग्राहीले दुखेसो गरेका छ्न । 

सहज रुपमा सेवा प्रवाह गर्नकालागी सोही फाँटमा ४ वटा डेस्क राखिएको भएपनी उक्त फाँटले हाल एउटा डेस्कबाट मात्र सेवा प्रवाह गरिरहेको छ । कार्यालयकै महत्वपूर्ण फाँट मानिने कम्प्युटर फाँटमा कार्यालयले उपलब्ध कर्मचारीलाई समेत सहि व्यवस्थापन गर्न नसकेको र सेवाग्राहीको समस्यालाई बेवास्ता गरेको कतिपयले गुनासो गरेका छन् । 

null

फाँटबाट निकै सुस्त गतिमा सेवा प्रदान हुने भएकाले सेवा लिनका लागि लामो लाइन बसेर पालो कुर्नुको बिकल्प नभएको जोशिपुर गाउँपालिकाका अमर रावलले दुखेसो गरे । उता कार्यालय प्रमुख टिकाराम रेग्मीले भने सेवाग्राहीलाई समस्या परेको स्वीकार गर्दै कार्यालयमा सरकारले पर्याप्त कर्मचारिको ब्यवस्थापन गर्न नसक्दा यस्तो समस्या बेला बखत देखिने गरेको बताए । 

कम्प्युटर फाँटमा ४ डेस्क भएपनी कर्मचारीको अभावमा २ डेस्कबाट सेवा दिइरहेको र फाँटमा कार्यरत महिला कर्मचारी सुत्केरि बिदामा बसेकाले केही दिनका लागी एउटै डेस्कबाट सेवा प्रवाह गर्नु परेको कार्यालयका सुचना अधिकारी सर्वनन्द चापागाईंले बताए । सरकारले गर्ने कर्मचारी व्यवस्थापनको पाटो अर्को तिर भएपनि सुत्केरि बिदामा बसेकी महिला कर्मचारी कार्यालयमा नियमित हाजिर नहुदा सम्म सेवाग्राहिले यस्तै सास्ती खेप्नु पर्ने निश्चित बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *