परिक्षा हुनुअगावै फेसबुकमा प्रश्नपत्रः छानविन गर्न समिति गठन

 

चैत १४, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति गठन गरेको छ । 

बोर्ड बैठकले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि बिहीबार सञ्चालन भएको एसईई परीक्षा गरी घटनाको छानविन गर्न समिति गठन गरेको हो । 

null

बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन्। 

समितलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । आज रद्द भएको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको छ । बुधबार राति आउट भएको प्रश्नपत्र केही निजी विद्यालयका शिक्षकले एकअर्कोबीच साटेर विद्यार्थीलाई समेत वितरण समेत गरेका  थिए । 

केहि दिनअघि परीक्षामा मोबाईलको प्रयोग गरी म्यासेन्जर, भाइबरमार्फत् चिट चोर्ने, चोराउने ५ शिक्षक र ६ विद्यार्थीलाई पनि नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *