आगलागीमा जलेर युवतीका मृत्यु

फागुन २१, विराटनगर । तेह्रथुमको छथर गाउँपालिका–२ स्थित हमरजुङमा मंगलबार विहान भएको आगलागीमा एक युवतीको जलेर मृत्यु भएको छ । 

भने एक महिला घाईते भएकी छन् । स्थानीय राममाया कार्कीको काठको बेरा र टिनको छाना भएको दुई तले कच्ची घरमा अचानक आगलागी हुँदा छोरी २० वर्षिया सम्झना कार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

उक्त आगलागीमा परी राम माया कार्की समेत आगोले जलेर गम्भीर घाईते भएकी छन् । घाइतेलाई उपचारको लागि धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइएको छ । आगलागीबाट करिब १० लाख रुपैयाँ मुल्य बराबरको क्षती भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *